105
काठमाडौं। पाटन अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने काठमाडौं र भक्तपुरका एक एक जना छन् ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राति ९:४५ बजे र काठमाडौंका ५१ वर्षीय पुरुषको शनिबार बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको हो।
आजै बिहान ललितपुरको मेघा अस्पतालमा थप एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ।