काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र ४ जना पुरुष रहेका छन् ।मृत्यु हुने महिलामा काठमाडौँकी ५५ बर्षिय रहेकीछन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ५९ र ८३ बर्षिय पुरुष, चितवनका ६२ बर्षिय पुरुष र कपिलवस्तुका २९ बर्ह्सिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।त्यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ४०२ महिला र ८४४ पुरुषसहित १२ सय ४६ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।