नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।मृत्यु हुने महिलामा काठमाडौँकी ८३ बर्षिय, कास्कीकी ७३ बर्षिय र बाँकेकी ८० बर्षिय महिला रहेकीछन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका ६७ बर्षिय पुरुष, अर्घाखाँचीका ४२ बर्षिय पुरुष र नवलपरासीका ६४ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।

 
 
  
 

You may also like