विद्यालय र विश्वविधालयमा भर्चुअल शिक्षणका चुनौती

by समतल अनलाइन
  • सागर घिमिरे

विद्यालय र विश्व विद्यालय पठनपाठनमा अत्यधिक धेरै समस्या हरु चाङैचाङ लागिरहेका छन ।कोरोनाको महामारीले पूरै मानव समाज बन्दाबन्दीमा पुगेको छ। विद्यालय र एघार विश्वव विधालाय पूरै ठप्प छन्।

शिशु कक्षा देखि १२ कक्षासम्म देशभरि करिब ७५ लाख केटाकेटी विद्यालय जाने गरेको शिक्षा विभागको रेकर्डमा उल्लेख छ। तर ति सबै विधार्थि हरु शिक्षा को अवसर वाट वञ्चित रहेका छन् ।

हाम्रा ७५ लाख र विश्वविधालयका वांकि कोपिलाहरु को भविष्य के हुने हो? राज्यका जिम्मेवार तहमा बसेकाहरु खासगरी शिक्षा मन्त्रीले दिशानिर्देश गर्नुपर्ने हो। ‘नुन खा’को कुखुरो’जस्तो बन्ने बेला छैन। चुनौती सामना गरेरअगाडि बढ्न सक्नुपर्छ । भर्चुल शिक्षण विधि सञ्चालन मा ल्याएता पनी प्रभावकारी हुन सकेको छैन ।सम्रगमा नेपालको भर्चुल शिक्षण मा देखीएका चुनौती यस्ता छन् ।

१. प्रविधि प्राप्यताको समस्याः
राज्यले देशैभर बिजुली, इन्टरनेटको सुविधा दिन सक्छ कि सक्दैन? अहिले कति नागरिकको यसमा पहुँच पुगेको छ? यसको लेखाजोखा गर्न विलम्ब गर्नु हुँदैन। २४ सै घण्टा बिजुली र इन्टरनेट सहज भयो भने अनलाइन शिक्षणमा फड्को मार्ने पूर्वशर्त पूरा हुन्छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिले जनसंख्याभन्दा बढी नेपालीको हातमा मोबाइल छ भने ६० प्रतिशतले ब्रोडव्याण्ड इन्टरनेट सुविधा उपभोग गरिरहेका छन्।

त्यसपछि विद्यालय र अभिभावकहरुको प्रविधि किन्न र प्रयोग गर्न सक्ने क्षमताको कुरा आउँछ। भर्चुअल सिकाइमा इन्टरनेट, मोबाइल र ल्यापटप आवश्यक पूर्वाधार हुन्। यसको पहुँचमा कति नागरिक छन्?

प्रविधिले छोएको (डिजिटल एक्सेसिबिलिटी) र नछोएको (डिजिटल ग्याप) भएका समूह र समुदायबीच ठूलो खाडल छ। त्यो खाडललाई कसरी पुर्ने? प्रविधि प्रयोगमा पछि रहेकाहरुलाई कसरी दक्ष बनाउने? प्रविधि भएर मात्र हुँदैन, त्यसको प्रयोग गर्न जान्ने पनि हुनुपर्छ।

२. प्रविधिसित रमाउने शिक्षकको अभावः
अनलाइन शिक्षणका लागि शिक्षक कतिको तयार छन्? यसका निम्ति शिक्षकलाई कसरी तयार पार्ने? यो निकै ठूलो चुनौती हो। पठनपाठनको मार्गदर्शक भनेकै शिक्षक हुन्। पहिले त उनीहरुले नै प्रविधि, पाठ्यक्रम र भावीपुस्ताबारे बुझ्न सक्नुपर्‍यो। पढाउने नाउँमा वर्षौंदेखि हाई काढेर दिन बिताइरहेकाहरुले सोच्नुपर्ने बेला आएको छ। आफूलाई ‘अपडेट’ गराउन नचाहने र नसक्ने शिक्षकको भविष्य हुँदैन।

किनकि, स्कुलहरु अनलाइन शिक्षण विधिमा जानासाथ यतिधेरै (करिब १ लाख ५० हजार शिक्षक) आवश्यक हुँदैनन्। र, जो प्रविधिसित मिल्न सक्दैनन्, ती स्वतः पेशाबाट बाहिरिनुपर्ने अवस्था आउँछ। यसले फेरि बेरोजगारीको समस्या निम्तिनेछ। जुन नेपाल को अधिकास क्षेत्रमा देखिन्छ ।

३. निजी र सार्वजनिक/सरकारी विद्यालयबीच अन्तरः

अहिले मुलुकमा दुईथरी शिक्षा छ— सरकारी र निजी। मुलुकभरका २९,२०७ सरकारी विद्यालयमा करिब डेढ लाख शिक्षक कार्यरत छन्। तिनीहरु सबैको तलबभत्ता सरकारले नै बेहोर्छ। विद्यार्थीलाई पनि विभिन्न प्रकारका छात्रवृत्तिलगायत सहयोग प्रदान गर्दै आएको छ। यो वर्षमात्र राज्यले १ खर्ब ६३ अर्ब रुपैयाँ शिक्षामा लगानी गरे पनि गुणस्तरीय पठनपाठन भने हुन सकेको छैन।

उता ६,०१५ संख्यामा रहेका निजी विद्यालयहरुले भने गुणस्तरीय शिक्षा दिइरहेको दाबी गर्दै आएका छन्। सरकारी र निजी गरी दुईथरी पढाइसँगै धनी र गरिबका छोराछोरी पढ्ने फरक–फरक अवस्था भएका कारण समाजमा वर्ग विभाजनको ठूलो खाडल सिर्जना भइराखेको छ।

सरकारीमा आफ्ना छोराछोरी पढाउने अभिभावकहरु गुणस्तर कमजोर हुने भयले चिन्तित छन् भने निजीमा पढाउनेहरु महँगो शुल्कका कारण थप मर्कामा छन्। गरिब र धनी दुवैथरी अभिभावकहरु सन्तानको भविष्यबारे चिन्तित छन्।

४. अभिभावकको चिन्ताः
भोलि आफ्ना सन्ततिलाई अनलाइन पठनपाठन गराउनैपर्ने भयो भने पनि मर्कामा पर्ने तिनै अभिभावक हुन्। किनकि, अधिकांश अभिभावक जसको आफ्नो बस्ने बाससमेत छैन, तिनले छोराछोरीलाई मोबाइल र ल्यापटप कसरी जुटाउने? छोराछोरीलाई ती ग्याजेट चलाउन कसरी मद्दत गर्ने? जसको आफ्नैसमेत प्रविधिमा पहुँच छैन र भए पनि राम्ररी चलाउन जानेका छैनन्।

५. गाउँ र शहरको शिक्षणमा विद्यमान विभेदः
चाहे निजी हुन् या सरकारी गाउँ र शहरको शिक्षणविधि र सुविधामा आकाश–जमिनको फरक छ। क्षमतावान् शिक्षकहरु धेरै शहरमै हुन्छन्। यस्तो विभेद विद्यमान रहिरहेका बेला झन् प्रविधिमार्फत अननाइन शिक्षण गर्दा हालत कस्तो होला? सिकाइ गुणस्तरको खाडल कति बढ्ला?

६. ग्याजेटले निम्त्याउने विकृतिः
बच्चाबच्चीको हातहातमा मोबाइल र अनलिमिटेड इन्टरनेट भएपछि त्यसले निम्त्याउने विकृति कस्तो होला? यो अर्को प्रमुख चुनौती हो।

अहिलै कतिपय विद्यालय प्रशासनसँग अभिभाकहरुले आफ्ना छोराछोरीको मोबाइल लत छुटाउन गरेको सिकायत सुन्दा लाग्छ—यसले हाम्रा भविष्यका कर्णधारहरुलाई बरालिसकेको छ।

अत्यधिक मोबाइल प्रयोगका कारण कतिपय बालबालिका टोलाउने, रिसाउने, नपढ्ने, देखासिकीमा मात्र रमाउने भइसकेका छन्। जति सम्झाए पनि नसम्झने अवस्थामा पुगेपछि अभिभावकहरु विद्यालयमा शिक्षकसँग गुनासो पोख्न पुग्छन्। यस्तो अवस्थमा शिक्षकले पनि के गर्न सक्छन् र?

‘आजकल छोराछोरीले पढ्नै मन गरेनन्, खालि मोबाइलमा मात्र झुम्मिरहन्छन्। लौ न सर, के गर्ने होला’ भनी शिक्षकहरुसामु गुनासो गर्न र उपाय खोजिगरिदिन पुगेका अभिभावकहरुसित शिक्षकहरुको ठोस समाधान केही हुँदैन। त्यस्ता गुनासा सुन्दासुन्दा आजित शिक्षकहरु भन्छन्, ‘यस्तै तरिकाले मोबाइलमा विद्यार्थी फस्दै गए भने अब रिह्याब सेन्टर नखोली हुन्न।’

यसबाहेक पनि मोबाइललगायत विद्युतीय यन्त्रबाट हुने शारीरिक हानि नोक्सानी त छँदैछ।

तर, थुप्रै खराब पक्ष हुँदाहुँदै पनि प्रविधिको विकल्प छैन। त्यसैले यसको प्रयोग नगरी शिक्षक, अभिभावक र विद्यार्थी कसैलाई पनि अलग बस्ने परिस्थिति छैन।

पाणिनी- ४ अर्घाखाँची

 
 
  
 

You may also like