पाल्पामा पहिरोमा परी एकजना बेपत्ता

by समतल अनलाइन
Shares

तानसेन ।पाल्पाको रम्भा गाउँपालिका–३ शिखरडाँडामा पहिरोले एक जना बेपत्ता भएका छन् ।शिखरडाँडाका ३० वर्षीय राजकुमार थापा सोमबार दिउँसोदेखि हराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए । थापाले दाउरा बोकेर हिँडेको स्थानमा सोमबार दिउँसो ठूलो पहिरो गएको थियो ।

गाउँपालिकाका कृष्ण रेग्मीले आज बिहानदेखि नै प्रहरी र स्थानीय बासिन्दाले पहिरो गएको क्षेत्रमा खोजी गरिरहेको बताए । प्रवक्ता रेग्मीका अनुसार सोमबार पहिरो गएको क्षेत्रमा थापाले दाउरा बोकेर हिँडेको थिए ।गाई गोठालाले थापालाई पहिरो गएको क्षेत्रमा देखिएको गाउँपालिका प्रवक्ता रेग्मीले बताए ।

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीका टोली खटिएको प्रहरी उपरीक्षक गिरीले बताए । रम्भा गाउँपालिकाको कार्यालय नजिकै पहिरो खस्दा डोजर घटनास्थल पुग्न सकेको छैन ।

You may also like

skip


This will close in 5 seconds