होम आइसोलेसनमा बसेकी तिलोत्तमाकि महिला कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकलपर्शन ईश्वरी पौड्यालले बताए ।

भदौ ११ गते कोरोना पुष्टि भएकी महिला आफ्नै घरमा बस्दै आएकी थिईन् । आईतबार स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु फोकलपर्शन पौड्यालले बताए । बुटवलमा भेन्टिलेटर र आईसीयू खालि नभएको जानकारी पाएपछि भिम अस्पताल पठाइृएको उनले बताए । यो सँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

 
 
  
 

You may also like