एसपी केसिले तस्कर विरुद्ध खरो उत्रिदा तीन महिनामै

by समतल अनलाइन

१करोड ७२लाख ७५हजार८सय १९मूल्य बराबरको अबैध मालसमान बरामद ।

पश्चिम नवलपरासी ।प्रहरी प्रमुख एसपी अजय केसिले जिल्लामा आए लगतै अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न शुरु गर्ने भएको छ।बेला बेला भारतबाट नेपाल तर्फ अबैध रुपमा नियार्त गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो।

एसपी केसि कै सक्रियतामा करिब तीन महिनामा १ करोड ६४ लाख ७४ हजार ८ सय १९ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको छ । त्यसै गरी १ लाख ३६ हजार मुल्य बराबरको अवैध काठ बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित डिभिजन बन कार्यालयमा बुझाईएको छ साथै नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न २२ वटा ट्याक्टर,१ टिपर र ३ वटा स्काभेटर समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाईएको छ, जसबाट ६ लाख ६५ हजार मुल्य बराबर राजश्व संकलन भएको छ । यसरी यस अवधिमा अवैध मालसामान,अवैध काठ र अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही गरी कुल जम्मा १ करोड ७२ लाख ७५ हजार ८ सय १९ मुल्य बराबरको राजश्व दाखिला भएको प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।

 
 
  
 

You may also like