बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल।बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरमा बुटवल ५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको हो

भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरोग, मधुमेह र उच्चरक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।
अस्पतालको फिभर क्लिनिकको आइसोलेशनमा आइतबार बिहानदेखि उपचाररत उनको मध्यान्ह साढे १२ बजे मृत्यु भएको हो।

 
 
  
 

You may also like