छिमेकी स्थानीयतहमा समुदाय स्तरमा कोरोना देखिएपछि सैनामैनामा ८ ले गर्यो यस्तो निर्णय

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना ।पछिल्लो समय रुपन्देही जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिमको रुपमा परेको छ । दिन प्रतिदिन कोरोना भाईरस संक्रमणका कारण ज्यान गुमाउने तथा थप नयाँ संक्रमितको संख्या बढ्दै गएपछि जिल्लानै उच्च जोखिमको क्षेत्रमा परेको हो । जसका कारण जिल्लाका सबै स्थानीय तहले आ-आफ्नो तरिकाले कोरोना नियन्त्रण गर्न लागिपरेका छन् ।
यस्तै , सैनामैना नगरपालिकाले पनि कोरोना नियन्त्रणका लागि बिशेष कदम चालेको छ । छिमेकी स्थानीय तहका केही वडामा समुदाय स्तरमा संक्रमण दर बढेसँगै बुधबार सैनामैना नगरपालिका वडा नं. ८ को विपद ब्यवस्थापन समितिले विभिन्न बिषयमा निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकले कञ्चन गाउँपालिकाको सिमानामा रहेको शान्तिनगर टोलमा बस्ने व्यक्तीहरुलाई होम क्वारेन्टाइनमा बस्न निर्देश दिने र सोको पालना गर्न लगाउने , बाँसगढी बजार क्षेत्र पुर्ण रुपमा लकडाउन गर्ने , लकडाउन अवधिभर वडामा बिशेष अनुगमन गर्ने भएको हो ।
समुदाय स्तरमा कोरोना संक्रमण हुन नदिन स्थानीय जनतालाई लकडाउनको पुर्ण रुपमा पालना गर्न समेत समितिले आग्रह गरेको जानकारी विपद ब्यवस्थापन समिति सदस्य ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।
निर्णय :

 
 
  
 

You may also like