232
अंगालोमा बेर्ने बेला तस्बिरलाई छुनुपर्ने
किन हाला मलाई मात्रै बाबा सम्झि रुनुपर्ने ।
याद अाउँछ हजुरका खै कसरी भेट्ने हाला
असह्य मनका पीडा कहाँ गई मेट्ने हाला।।
जति धेरै बुझ्ने भएँ त्यति धेरै याद अाउने
बाबाले झै माया दिने मान्छे अब कहाँ पाउने ।
यादमा बग्ने यी अाशुले सम्झी पागल बनाउँछ
किन हाला मेरो भागमा पीडा मात्रै खनाउँछ ।
जे नहास् भन्थें मैले त्यात अाज भाग्नुपर्या।
अब पीडा नदेऊ भन्दै हजार देउता ढाग्नुपर्या ।
राएर पा के गर्न र दैव पापी भएपछि
मेरा भागका खुसीहरु चुडाएर लएपछि ।।