प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १३ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १३ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. तपाईसँग निश्चित समय छ
तपाईसँग निश्चित समय छ, जो तपाई आफ्नै लागि सदुपायोग गर्नुहोस् । अनावश्यक कुरामा अल्भिmएर समय बर्वाद नगर्नुहोस् ।
२. अरुको राय आफुमाथि हावी हुन नदिनुहोस्
दोस्रोको बिचारलाई हामीमाथि त्यती धेरै हावी हुन नदिनुहोस् कि आफ्नो भित्री आवाज सुन्न नसकियोस । सधै आफ्नो दिल र दिमागले चल्नुहोस् ।
३. परिवर्तनको आवश्यक्ता
पछिल्लो ३३ बर्षमा मैले स्वंमलाई ऐनामा हेर्दै आएँ । तर, मैले हरेक दिन स्वंमलाई सोधे कि यदि आज मेरो जीवनको अन्तिम दिन हो भने मे के गर्न चाहन्छु ? तर, कहिले मैले यसको जबाफ सुनिन । म जान्दछु कि मैले बद्लिनुपर्छ ।
४. त्यही गर्नुहोस्, जसको मूल्य छ
मर्ने समयमा सबैभन्दा धनी व्यक्ति बनेर मर्नुमा मलाई कुनै मतलब छैन । हरेक रात ओछ्यानमा गएर राती यहि सोच्छु कि, आज पुरा दिन मैले नयाँ के गरे ? यसले मेरो जीवनमा के महत्व राख्छ ?
५. सोंच सफा राख्नुहोस्
तपाईले धेरै मिहेनत गर्नुपर्छ ताकि तपाईको सोंच स्वच्छ बनिरहोस् । सोंचलाई सफा र सरल बनाउनु पर्छ । यसका लागि मिहेनत गर्नुपर्छ । मिहेनतबाट मिल्ने यस्तो सोच परिणामका लागि ठूलो मूल्य राख्छ । किनभने यो पाएर तपाई पहाडलाई पनि हल्लाउन सक्नुहुनेछ ।
६. राम्रो काम गर्नुहोस र अघि बढ्नुहोस्
यदि तपाई कुनै राम्रो काम गर्न चाहनुहुन्छ भने त्यसको नतिजा पनि राम्रो हुनुपर्छ । त्यसेलै यसका लागि तपाईले केहि नयाँ सोच्नुपर्छ । तपाई कहिलेसम्म एकैखाले काम गरिरहनुहुन्छ ? सोच्नुहोस् अव तपाइको लागि अलग काम के छ ?
७. विश्वास गर्नुहोस्
तपाईले कुनैपनि कुरालाई विश्वास गर्नुपर्छ । तपाईको साहस, संभावना, भाग्य, जीवन, उर्जा वा कर्म जसमा पनि विश्वास गर्नुहोस् । यो दृष्टिकोणले तपाईलाई कहिल्यै गिर्न दिनेछैन ।
८. अनुशासन
केहि समयसम्म मनपर्दो बिचार र नयाँ प्रौद्योगिकको खोज गरेपछि एक कम्पनीलाई परिवर्तन गर्न बर्षौ समय लाग्छ । यो सबै गर्नका लागि एकदमै अनुशासनको आवश्यक्ता छ ।
९. नडगमगाउनुहोस्
कहिले कहिले जिन्दगीले तपाईको टाउकोमा इंटा पनि बजार्न सक्छ । तर, यस्तोमा तपाईको विश्वास हराउनु हुँदैन ।
१०. उत्पादनको डिजाइन
कुनै विशेष समुदायलाई ध्यानमा राखेर उत्पादन डिजाइन गर्न एकदमै मुश्किल हुन्छ । किनभने धेरैलाई थाहा छैन कि उनीहरु के चाहन्छन, जबसम्म उनीहरुलाई तपाईले देखाउनु हुनेछैन ।
११. जब कुनै समस्या आउँछ
जब कुनै समस्या आउनसाथ मानिसहरु सोध्छन् कि, यो के भयो ? जबकी सहासी युवा सोध्छन् कि यससँग हामीले कसरी जुध्न सक्छौ ?
१२. त्यही काम गर्नुहोस् जहाँ सन्तुष्ट हुनुहुन्छ
तपाईको कामले जिन्दगीलाई सन्तुष्ट तुल्याउनु हो । र, सन्तुष्ट प्राप्त गर्नका लागि त्यही गर्नुहोस्, जसमा तपाई विश्वस्त हुनुहुन्छ । महान काम गर्नेको एकै तरिका छ, तपाई जे गर्नुहुन्छ, त्यसलाई प्रेम गर्नुहोस् ।
कोहि मर्न चाहँदैनन् । त्यो व्यक्ति जो स्वर्ग जान चाहन्छन्, ऊ पनि मर्न चाहँदैन । तर, मृत्युले कसैलाई बचाउँदैन । मृत्यु जीन्दगीको श्रेष्ठ आविष्कार हो । यो जीवन परिवर्तन गर्ने माध्याम हो, जसले पुरानो मेटाएर नयाँ देखाइदिन्छ ।
१३. गुणस्तरमा विश्वास गर्नुहोस्
गुणवत्तामा विश्वास गर्नुहोस् । हामीले अलग बाटो रोज्यौं । हामीलाई विश्वास छ कि, यदि उपभोक्तालाई राम्रो एवं गुणस्तरिय उत्पादन दियौ भने उसले आफ्नो पर्स खोलिरहन्छ ।
नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।