चितवनमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

by समतल अनलाइन

चितवन, ६ भदौं । चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीबार राति उपचारकै क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि आए लगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमा समेत उनको रिपोर्ट पोजेटिभ आएको छ ।

चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न रिपोर्ट सार्वजनिक गरिएको थिएन ।

कोरोना संक्रमित भएर चितवन जिल्लाका तीनसहित अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । बाँकी दुई जनामध्ये एक जना कैलाली र अर्को मकवानपुरका हुन् ।

 
 
  
 

You may also like