युवा मैत्री क्लबद्वारा मलमला क्षेत्रमा लगाइएका फुल चोरी

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना ।रुपन्देहीको सैनामैनामा रहेको युवा मैत्री क्लब द्वारा जनस्तरबाट आर्थिक संकलन गरि गत शुक्रबार एेतिहासिक धार्मिक तथा पर्यटकीय स्थल मलमला मन्दिर परिषद् मा गमलामा लगाईएका फुलका बिरुवा चोरी भएका छन् ।

जिल्लाको सैनामैना ६ मा अवस्थित मन्दिर क्षेत्रको विकासमा लागि परेको युवा मैत्री क्लबले शुक्रबार सैनामैना नगरपालिका का नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा मलमला मन्दिर क्षेत्रमा फुलका बिरुवा रोपेको थियो ।

प्रथम चरणमा केही गमला निर्माण गरि मन्दिर क्षेत्र झकिझकाउ पार्ने उद्देश्य बोकेको क्लबले सोमबार फुलका बिरुवा चोरी हुँदा खल्लो बनाएको क्लबका अध्यक्ष खेमु काफ्ले बताए ।

उनले आजैदेखि मन्दिर क्षेत्रमा निगरानी बढाउने बताउँदै सामाजिक काममा यस्तो निच हर्कत कसैले पनि गर्न नहुने बताए । उनका अनुसार मन्दिर क्षेत्रमा मंगलबारदेखि पुनः दोस्रो चरणको गमला निर्माण कार्य हुने भएको छ ।

 
 
  
 

You may also like