गुल्मीबाट प्रकाशित हुने एकमात्रैै पत्रिका ‘गुल्मी साप्ताहिक’ दोस्रो वर्षमा प्रवेश

by समतल अनलाइन
Shares

गुल्मी ।गुल्मीबाट प्रकाशित हुने एकमात्र पत्रिका ‘गुल्मी साप्ताहिक पत्रिका’ दोस्रो वर्षमा प्रवेश गरेको छ । समाज परिवर्तनका लागि पत्रकारितामा हाम्रो अभियान भन्ने मूल नाराका साथ जिल्लाको सदरमुकाम तम्घासमा सुसम मिडिया प्रा.लि द्वारा संचालित उक्त पत्रिका गतवर्ष भाद्र १ गते पहिलो अंक प्रकाशन गरेको थियोे ।
सुरुमा तिनजनाले सामुहिक रुपमा प्रकाशन गर्दै आएको पत्रिका पछिल्लो समयमा जिल्लाका दुई पत्रकार मनाेज कार्की र सन्तोष महताराले प्रकाशन गर्दै आएका छन् ।
एकवर्षको समयावधिमा यस पत्रिकाले ३३ अंक प्रकाशन गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) का कारण भएको लकडाउनले गर्दा एक वर्ष पुगेपनी ३३ अंक मात्रै प्रकाशन गर्न सफल भएको यस पत्रिकाका प्रवन्ध निर्देशक मनोज कार्कीले बताए ।

एक वर्षको यस अवधिमा गुल्मी साप्ताहिक पत्रिकालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सवैमा गुल्मी साप्ताहिक पत्रिका परिवार निकै आभारी समेत रहेको कार्कीको भनाइ छ ।
“गुल्मीको सदरमुकाम तम्घासबाटै पत्रिका प्रकाशन गर्न निकै ठुलो चुनौती रहेको र पत्रकारिता भरखरै सुरु गरेका हामीलाई निकै अप्ठ्यारो परिस्थिति थियो तर हामी यसलाई निरन्तर दिनु ठुलो कुरा हो ।” कार्कीले भने ।आगामी दिनमा पनि गुल्मी साप्ताहिक पत्रिकाले संचार क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाउनेे पत्रिकाका सह – सम्पादक सन्तोष महतारालेे बताए । गुल्मी साप्ताहिक पत्रिका व्यवसाय तथा नाफामूलक नभई सुचना तथा समाचारमुलक सन्देशमा अगाडि रहेको सह – सम्पादक महताराको भनाइ छ ।गुल्मी साप्ताहिक पत्रिकाको कार्यालय रेसुङ्गा नगरपालिका – २, तम्घासमा रहेको छ ।

You may also like

This will close in 0 seconds