कपिलवस्तुमा थप भदौ ७ गते सम्म निषेधाज्ञा

by समतल अनलाइन

कपिलवस्तु । कपिलवस्तु जिल्ला कोरोनाको उच्च जोखिममा रहेको भन्दै भदौ ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।यसअघि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोनाको उच्च जोखिममा रहेको भन्दै २७ साउनदेखि आज मध्यराति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

तर जोखिम अझै पनि कायम गरेको भन्दै भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारयाण पौडेलले जानकारी दिए ।निषेधाज्ञा जारी भएपनि अति आवश्यक वस्तुहरु ढुवानी, खाद्यान्य, तरकारी, फलफुल, दूध, पेट्रोलियम पदार्थ, ग्याँस, औषधि पानी, दानाहरुका सवारी साधन भने चल्न दिइने उनले बताए ।पछिल्लो समय समुदायस्तरमा कोरोना देखिएकाले निषेधाज्ञाको अवधिमा चिया पसल, खाजा घर, रेष्टरेन्ट, होटल, उद्योग धन्दा, कलकारखना, बैंकहरु बन्द गरेर सहयोग गर्न समेत उनले आग्रह गरे ।

 
 
  
 

You may also like