नेपालमा आइतबार थपिए ६४१ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या २६ हजार ६६० पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले त्यस्तै २२३ महिला र ४१८ पुरुषसहित देशभर कुल ६४१ संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार २२१ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १७ हजार ३३५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६५ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा १२ हजार २४७ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ५ लाख १७ हजार ९०७ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १५ हजार २४३ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ७२४ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ४९७ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यस्तै देशभर ६ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् भने आइसीयुमा सय जना रहेको प्रवक्ता गौतमले जनाकारी दिएका छन् ।पछिल्लो २४ घण्टामा कोरोनामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

मृत्यु हुनेमा प्रदेश १ मा १० जना, प्रदेश २ मा ४५ जना, बागमतीमा १८ जना, गण्डकी प्रदेशमा ६ जना प्रदेश ५ मा १३ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जना रहेका छन् । जसमा पुरुष ८१ र महिला २३ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like