बुटवलमा ६ सहित रुपन्देहीमा थप ११ जना कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल । शुक्रबार रुपन्देहीमा थप ११ जना कोरोना संक्रमित फेला परेका छन् । बुटवल उपमहानगरपालिकामा ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवामा ६ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुटवल देवीनगरका ४ जनामा र बुटवल १६ का एक जनामा कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्ट पोजिटिभ आएको भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । उृनका अनुसार सिद्धार्थनगर वडा नं. ४ का ४ जना र देवकोटा चोकका २ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकाका ४१, २५, २७, २६ र ३९ वर्षिय पुरुषमा र सिद्धार्थनगरका ३७, ४२, ४९, ३५, २३ र २८ पुरुषमा संक्रमण पुष्टि भएको छ । बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गराउँदा ती व्यक्तिहरुमा सक्रमण भएको पत्ता लागेको हो ।

 
 
  
 

You may also like