मृत्यु भएका धनुषाका युवकको कोरोना संक्रमण पुष्टि

धनुषा।धनुषामा मृत्यु भएका युवकमा कोरोना संक्रमणको पुष्टि भएको छ । आइतबार दिउँसो शहीदनगर नगरपालिका-८ डुमरियाका ३८ वर्षीय युवकको विपि कोइराला विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

उनको आइतबार साँझ आएको कोरोना रिपोर्टमा पोजेटिभ देखिएको कोभिड(१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि धरान पठाइएको थियो ।

उनलाई करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएको तर अन्य कुनै प्रकारको दिर्घ रोग नदेखिएको डा. सिंहले बताए । कोरोनाबाट धनुषामा पहिलो व्यक्तिको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

 
 
  
 

You may also like