वीरगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु , मृतकको संख्या ४६ पुग्यो

काठमाडौं।वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो। योसँगै नेपालमा मृत्युमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४६ पुगेको छ।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा मदन उपाध्यायले बताए। उनलाई एकहप्ता देखि ज्वरो आइरहेको थियो। डा उपाध्यायका अनुसार ती पुरुष मधुमेहका बिरामी थिए।उनको स्वाब परीक्षणको रिपोर्ट मृत्यु पछि आएको हो। रिपोर्टमा कोरोना पोजिटिभ आएको डा. उपाध्यायले जानकारी दिए।

 
 
  
 

You may also like