एसपी केसिले एक्सनमा आउदा २महिना मै करिब ८५लाख बारबरको मालसमान पक्राउ!!

नवलपरासी । नेपाल र भारतको सीमामा नवलपरासी ब.सु.पश्चिम प्रहरी प्रमुख एसपी अजय केसिले निगरानी बढाएका छन । एसपी केसि सीमामा निगरानी बढाउनसाथ करीब ८५लाख १५हजार ६ सय बराबरको मालसमान बरामद भएको हो । केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला एसपी केसिको निगरानी बढेको बताइएको छ ।नेपाल प्रहरीले नवलपरासीको विभिन्न ठाउमा भन्सार छलीका सामानहरु बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोली र सिमा चौकी महेसपुर संयुक्त टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ रमपुरवा स्थित भारत तर्फ बाट काजु किसमिस, मटर, छोहाडा ,कपडा,सुपारी ,फर्चुन ,तेल ,हार्डबेयर समान नेपाल तर्फ लग्ने क्रममा मुल्य करिब ३०लाख बराबरको मालसामान र त्यसै गरि एसपी केसि कै निर्देशनमा ईलाका प्रहरी बेलाटारी इन्चार्ज प्रहरी निरीक्षक खुमानन्द पान्डे आउने बितिकै राती गस्ती गर्ने क्रममा मटर केराउ ,चला,कुखुरा,रक्सी, हार्डबेयर , कपडा गरि करिब४०लाख बराबरको मालसमेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय महेशपुर नवलपरासीमा बुझाइएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय एसपी केसिको बिशेष निर्देशन कमान्डमा खटिएको प्रहरी टोलीले करिब १५लाख १५हजार ६सय बराबरको मदिरा,चिनी,कपडा,सुपारी , बरामद गरेको हो । आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर नवलपरासी बुझाइएको नेपाल प्रहरी नायब उपरीक्षक (डिएसपी )राजु लामाले जनकारी दिए ।

 
 
  
 

You may also like