तीजको कोसेली ‘केही छैन रमाइलो’ सार्वजनिक (भिडियो)

बुटवल । अहिलेको कोरोनामा महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज म्यूजिक भिडियो ‘केही छैन रमाइलो’ सार्वजनिक भएको छ ।शुक्रबार विहान मात्रै शुभारम्भ डिजिटलको युट्युबबाट सार्वजनिक भएको उक्त भिडियोले हजारौ दर्शक को मन जितिसकेको छ ।

युएसए डबल बि ग्रुपको प्रस्तुतीमा बजारमा आएको उक्त गीतमा सन्जय सौगात, विनिता पोखरेल, आरती रुचाल र विरेन वि।सीको आवाज रहेको छ भने उज्वल गिरी दानविरको लय शब्द रहेको छ ।

गीतको म्यूजिक भिडियोमा टिकटक स्टार गणेश सापकोटा, ऋषिराम बेल्वासे, सुस्मा सापकोटा, विष्णु पाण्डे, उज्जवल गिरी दानविर, अनमोल सुनार, संजय सौगात, कल्पना पाण्डे लगायतको अभिनय रहेको छ ।

गीतको संगित संयोजन हेमन्त शिशिरले गरेका हुन भने भिडियोको निर्देशनरसम्पादनरछायांकनरविष्णु भट्टराइले गरेका हुन ।

भिडियो:

 
 
  
 

You may also like