बाढीले बगाएर सर्लाहीमा दुईको मृत्यु

सर्लाही । सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ ।ईश्वरपुर नगरपालिका र रामनगर गाउँपालिकामा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रामनगर–६ मा कुण्डी नहरले बगाउँदा स्थानीय ४५ वर्षीय बजेन्द्र झाको मृत्यु भएको छ । बुधबार दिउँसो बाढीले बगाएर बेपत्ता भएका झाको साँझ शव फेला परेको हो ।

यसैगरी ईश्वरपुर ४ मा अमुवा खोलाको बाढीले बगाउँदा एक किशोरको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–४ का १९ वर्षीय विशाल गोले बाढीले बगाउँदा सोमबारदेखि बेपत्ता थिए । उनको शव पनि बुधबारै फेला परेको हो । साथीहरुसँग पौडी खेल्न जाँदा उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like