काठमाडौं । नेपालमा थप १८६ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबार १८६ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९३६ रहेको छ भने डिस्चार्ज भएका सहित अहिलेसम्मका कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७३ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ११ हजार ८६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको प्रतिशत ६६.५१ रहेको छ ।पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार २१६ नमुनाको पिसिआर परिक्षण गरिएको छ ।
अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या ३ लाख १९ हजार ७८६ पुगेको छ ।
त्यस्तै अहिले देशभरमा २२ हजार २२८ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ९३६ जना आइसोलेसनमा रहेका छन् ।अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ६ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, भोजपुर र पांचथर रहेका छन् ।अहिलेसम्म नेपालमा कोरोनाबाट ४० जनाको मृत्यु भएको छ ।