गल्मी लगायतका ठाउँमा हरायो भनिएको सलह पुन: ठूलो संख्यामा देखियो

गुल्मी। गुल्मी र बाग्लुङ जिल्लाका केही ठाउँहरूमा फेरि सलहको झुण्ड देखा परेको छ । यस अघि असार दोस्रो हप्तातिर सानो संख्यामा देखिएको सलहआफै हराएको थियो । झण्डै असार चौचो हप्तापछी मङ्गलबार फेरि ठूलो संख्यामा सलह किरा गुल्मी ,पाल्पा ,अर्घाखाची,बाग्लुङ लगाएतका जिल्लामा देखिएको पाइएको छ ।

विज्ञहरुले पहिले नेपालमा सलह प्रवेश नगर्ने गरिहालेमा पनि खासै असर नगर्ने बताएका थिए तर नेपालमा प्रबेश गरेछि त्यो पहिलेको भन्दा ठूलो संख्यामा सलह किरा नेपालमा आउन सक्ने संकेत गरेका थिए । पहिले देखिएको सलह किराको झुण्ड भन्दा अहिले देखीएको सँख्या निकै ठूलो रहेको छ । गुल्मीको मुसिकोट नगरपालिका,ईस्मा,मालिका गाउपालिका बाग्लुङको बडिगाढ,भिमगिठे लगायतका विभिन्न क्षेत्रका खेतिबाली ९मकै०मा बसेको र धपाएर पनि नगएकाले सास्ती भएको किसानहरुले बताएका छन् ।

पहाडी क्षेत्रका अधिकाँश ठाउँमा यो बेलामा मकै कोदो,धान खेति गरिएको छ। किसानहरुले खेतबारीका छेउछाउमा आगो बालेर धुवाँ गराएका छन भने चर्को आवाजमा थाल,झ्यालीबाजा तथा साउण्डबक्स स्पिकरहरू बजाएर धपाउने प्रयास गरि रहेका छन् तर ठूलो संख्यामा रहेकोले लखेट्नै नसकिएको स्थानीयले बताए । अघिल्लो पटक देखिएको सलह किराको झुन्ड आकाशमा मात्रै देखिएको र खेतबारीमा खासै नबसेको भएपनि मङ्गलबारदेखि एक्कासी देखिएको सलह किरा भने खेतबारीमा आएर बसेको मुसिकोट १ चैनडाँडाका स्थानीय कृषकहरूले बताएका छन् । धानमा खासै नदेखिएको तर मकैको धान, डाँठ, पातमा बसेर सलह किराले नष्ट गर्न थालेको उनीहरुको दुस्खेसो छ । ठुलो संख्यामा सलह किरा भित्रिएपछि कतै तरकारी लगायत खेतीबाली नै सखाप पार्ने होकी भन्ने चिन्ता यतिबेला किसानहरुमा परेको छ ।

ठूलो समूहमा सलह रूपन्देहीमा असार १३ गते प्रवेश गरेलगत्तै पाल्पा,अर्घाखाँची,प्युठान,दाङ,गुल्मी,बाग्लुङ लगायत जिलामा पुगेको थियो अन्य जिल्लामा खासै असर नगरेको सलहले दाङ, अर्घाखाँची,प्युठानमा भने केही मात्रमा खेतीपातीमा क्षति पुर्‍याएको थियो ।सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन् भने प्राय ठाउँमा मारेर मानिसले खादै आएका छन् ।

गुल्मी ईस्माको दोहली,राउलादिप,मुसिकोटको पौँदी अमराई,चैनडाँडा,ढाँण,नेटा,थामडाँडा,बाग्लुङ्को बडिगाढ,जलजला,भिमगिठे लगायत केही ठाउँमा ठूलै संख्यामा खेतबारीको वरिपरि बसेका र माथिमाथि उडिरहेको सामाजिक सञ्जालमा त्यहाका स्थानीयले भिडियोमार्फत देखाएका छन् ।

यस्तै प्रदेश पाँच सरकारले भने १ किलो सलह मारेर सम्बन्धीत स्थानीयतहका वडामा बुझाए २० रूपिया दिने भन्ने निर्णय गरेको थियो ।सरकारले नेपालको मौसममा खासै बस्न नसक्ने भन्दै सलह नियन्त्रणमा खासै चासो नदेखाएको पाईएको छ ।

यसैबिच सुदुरपश्चिम प्रदेश सरकारले २५ रूपिया र काठमाडौंका तीन जिल्लामा १ किलो सलह छोपेर ल्याएमा एक सय रूपिया दिने निर्णय गरेका थिए।भने अन्य ठोस योजना ल्याएका छैनन् ।

 
 
  
 

You may also like