रुपन्देहीमा मोटरसाइकल दुर्घटना , एकको मृत्यु

बुटवल । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटना शुक्रवार साझ रुपन्देहीको तिलोत्तमा नगरपालीका वडा नं.-९ शंकरपुर चोक स्थित सिद्वार्थ राजमार्ग सडक खण्डमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको ना ५ ख ७८०६ नं.को ट्रकलाई सोही दिशा तर्फ जादै गरेको लु २४ प ३२५४ नं.को मोटरसाईकलले ओभर ट्याक गर्ने क्रममा ट्रकमा ठोकिन जाँदा मोटरसाईकलमा पछाडी सवार सिद्वार्थ नगरपालिका- १ बेलहियाका -२३ वर्षका संयोग सेर्पाको मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए ।
उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राम मृत्यु भएको हो । घटनाको बारेमा अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like