ट्याक्सी दुर्घटनामा परी घाइते भएका गुल्मी मालिकाका अर्यालको ज्यान गयो

बुटवल । पाल्पा-वुटवल सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ खोलामा ट्याक्सी खस्दा घाईते भएका चालक अर्यालको ज्यान गएको छ ।बुटवलबाट पाल्पातर्फ जांदै गरेको ट्याक्सी सिद्धार्थ राजमार्गको दोभान र सिद्धबावा बिच सडक खण्डमा गत जेठ ३० गते दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी घाईते भएका मालिका गाउपालिका वडा नं ५ छापहिलेका ओम अर्यालको उपचारको क्रममा सोमवार अपरान्ह बुटवलको लुम्विनी सिटी अस्पतालमा निधन भएको हो ।

सडकबाट करीव ३ सय मिटर तल खोलामा खसेको ट्याक्सी क्षतबिक्षत अवस्थामा चालकको उद्धार गरी गत जेठ ३० शुक्रबार गते अस्पताल पुर्‍याइएको थियो। सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड अन्तरगत पर्ने माथिल्लो सिद्धबाबा नजिकैबाट अर्यालले चलाएको लु १ ज ४०९३ नं. को ट्याक्सी दिउँसो करिब ३ बजे तिनाउ खोलामा खसेको थियो ।अर्याल गाउँ जान भनि हिडेका थिए।

 
 
  
 

You may also like