क्वारेन्टाइनबाट घर फर्केका एक युवाको मृत्यु

by समतल अनलाइन
Shares

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित बालसेवा स्कुलको क्वारेन्टिनमा बसेर घर फर्किएका ३६ वर्षे युवकको सोमबार साँझ बाटैमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक बिष्टले क्वारेन्टिनबाट वडा नम्वर- ७ स्थित आफ्नो घर जाँदै गर्दा स्थानीय बगनिया चोकनेर अचानक ढलेका उनको मृत्यु भएको बताउनुभयो । ‘अहिले उनको शवबाट थ्रोट स्वाब लिई कोरोना परीक्षणका लागि सेती प्रयोगशालामा पठाईएको छ,’ उहाले भन्नुभयो, ‘शव कसैलाई छुन दिइएको छैन ।’

डिएसपी बिष्टका अनुसार उनी जेठ २६ गते भारतबाट आएका थिए । सिधै क्वारेन्टिनमा राखिएका उनको आरडिटी परीक्षणमा नेगेटिभ नतिजा आएको थियो । क्वारेन्टिनमा बसेको १४ दिन पुरा भएकाले सोमबार घर पठाइएको हो । घर फर्कने बेलासम्म उनलाई कुनै जटिल स्वास्थ्य समस्या नदेखिएको प्रहरीले बताएको छ ।

You may also like

This will close in 0 seconds