गुल्मीमा २६ जनासहित ५८६ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ७ हजार १७७ पुग्यो

काठमाडौं। नेपालमा बुधबार थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ७ हजार १७७ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये ४० महिला र ५४६ जना पुरुष रहेका छन् ।डा गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ जना पुरष र सिराहाका एकजना पुररुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ९ जना पुरुष र झापामा २ जना पुरुष, प्रादेशिक जनस्वास्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ४ जना पुरुष, महोत्तरीका एकजना महिला र ४ जना पुरुष, बाराका एकजना महिला र ६ जना पुरुष र रौतहटका ११ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।यस्तै नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा महोत्तरीका ६ जना पुरुष, राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना महिला र८ जना पुरुष, महोत्तरीका ६ जना महिला र १ सय ८३ जना पुरुष, रौतहटका ५ जना महिला र ३४ जना पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका ३ जना महिला, ३ जना पुरुष र प्युठानका १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २ जना महिला र २० जना पुरुष, रौतहटका ४ जना महिला र ७३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा कैलालीका एक पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पर्वतकी एक महिला र २ जना पुरुष, नवलपरासी पूर्वका १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना महिला र २४ जना पुरुष, प्युठानका एकजना महिला र १९ जना पुरुष, रुपन्देहीका २ महिला र २ जना पुरुष, अर्घाखाँचीका १ जना महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेकी एक महिला, बर्दियाका एक महिला र ३० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङकी एकजना महिला र ७ जना पुरुष, सल्यानका ३ जना महिला र ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २ जना पुरुष र दैलेखका २ जना पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका २ जना महिला र १२ जना पुरुष, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरकी एक महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म २० जनाको मृत्यु

बुधबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता गौतमका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिलाको मृत्युपछि गरिएको पीसीआर चेकजाँचमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनको फोक्सोमा समस्या देखिएपछि जेठ ३० गते अस्पताल भर्ना भएकी उनको सोमबार बेलुका मृत्यु भएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष र गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष गरी १९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

 
 
  
 

You may also like