63
हरि पाठक
गुल्मी। प्रदेश नं.५ को पहाडी जिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा एकै दिन ३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परिक्षणमा सोमबार ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
मुसिकोटका कुन कुन वडाका संक्रमित भएका हुन भन्ने सम्बन्धमा विस्तृत विवरण आइ नसकेको नगरपालिका स्वास्थ्य संयोजक ढाल बहादुर जि।सीले बताउनुभयो ।
गत बुधबार ३० जनाको स्वाब संकलन गरि पठाइएकोमा सोमबार ३ जनाको रिपोर्ट पोजिटिभ आएको हो।संक्रमितहरुको अवस्थालाई हेरेर तुरुन्तै आइसोलेशनमा राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।यससँगै गुल्मीमा २० जना संक्रमित भएका छन् । भने जसमध्ये ३ जनाको कोरोनाको कारण नै मृत्यु भएको छ । तीमध्ये २ जनाले कोरोना जितेर घर फर्किसकेका छन्।