दाङमा थपिए ४७ कोरोना संक्रमित

दाङ । दाङमा एकैदिन ४७ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा आइतबार ४७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

बगंलाचुली गाउँपालिका ६ को एउटै स्वारेन्टानमा रहेका ४४ जना, अन्य तुल्सिपुर उपमहानगर पालिक १ र घोराही उपमहानगरपालिकाका रहेका छ्न् । जिल्लामा सबैभन्दा बढी सक्रंमित बङ्गलाचुली गाउँपालिकामा भेटिएका छन् । यसअघि दाङमा ९६ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै दाङमा १४३ जना कोरोना संक्रमित भेटिएका छन्।

 
 
  
 

You may also like