कोरोना रिपोर्ट आउन नपाउदै उपचाररत गुल्मीका एक पुरुषको मृत्यु

बुटवल । गुल्मीका ४२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । गुल्मीको धुर्कोट ४ का उनको आइतबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । शनिबार आइसोलेसन अस्पताल लैजानका लागि ल्याइएको थियोु, उनले भने, खोकी, श्वास फोर्न समस्या भएर ल्याइएको थियो ।

प्रादेशिक अस्पतालमै राखेर उपचार गरिएकामा आइतबार दिउँसो ३ बजेतिर मृत्यु भएको थापाले बताए । उनी भारतबाट ८ दिनअघि आएर स्थानीय क्‍वारेन्टाइनमा बसेका थिए । आरडीटी पोजिटिभ आएका उनको पीसीआर परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको डा थापाले बताए ।

 
 
  
 

You may also like