भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो , एकै दिन १३१ को मृत्यु

नयाँदिल्ली। छिमेकी देश भारतले लकडाउन, उच्च सुरक्षा सतर्कता र कोरोना परीक्षणलाई तीब्रता दिए पनि संक्रमित हुने र ज्यान गुमाउनेको संख्या भने दिनदिनै बढिरहेको छ ।

कारोना नियन्त्रणका सबै प्रयास जारी रहे पनि भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । हालसम्म भारतमा एक लाख ३२८ जना कोरोना संक्रमित रहेको वर्ल्डओमिटरले जनाएको छ ।

सोमबार भारतमा चार हजार ६३० जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट भारतमा हालसम्म ३ हजार १५६ जनाको ज्यान गइसकेको छ । सोमबार मात्रै भारतमा १३१ जनाले कोरोना संक्रमणबाट ज्यान ज्यान गुमाएका छन् ।

आइतबार एकै दिन भारतमा पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए । संक्रमितमध्ये अहिलेसम्म भारतमा ३९ हजार २३३ जना उपचारपछि निको भएका छन् ।
महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख १९ हजार ९ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ३ हजार ४४१ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै विश्वभर ८८ हजार ६६८ जना नयाँ संक्रमित थपिएका छन् ।

एकै दिन अमेरिकामा २२ हजार भन्दा धेरै, ब्राजिलमा १४ हजार भन्दा धेरै, रुसमा झण्डै ९ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमण नियन्त्रणमा आएको चीनमा पनि सोमबार सात जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ ।

 

 
 
  
 

You may also like