वेष्टन एग्रो प्रोसेसिङ्ग र बुटवल फ्लोर मिल प्रा.लि.ले सयुक्त रुपमा गरे कोरोना बिमा

बुटवल । रुपन्देही जिल्लामा सञ्चालीत वेष्टन एग्रो प्रोसेसिङ्ग इन्डष्ट्रिज प्रा.लि. तथा बुटवल फ्लोर मिल प्रा.लि. ले आफ्नो उद्योगमा कार्यरत कर्मचारीहरुको सयुक्त रुपमा कोरोना बिमा गरेको छ ।

उद्योगले संयुक्त रुपमा शिखर इन्स्योरेन्स शाखा कार्यालय बुटवल मार्फत उद्योगमा कार्यरत कर्मचारीहरुको कोरोना बीमा गरेको हो । उद्योगले कर्मचारीहरुको प्रति व्यक्ति १ लाखको दरले पाउने गरी शिखर इन्स्योरेन्स मार्फत कर्मचारीको बीमालेख जारी गरेको शिखर इन्स्योरेन्स कम्पनी बुटवलका शाखा प्रमुख किरण काफ्लले जानकारी दिनु भयो ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना रोगका कारण संक्रमित हुनेको संख्या बढ्दै गर्दा उद्योगमा कार्यरत कर्मचारीहरुको बीमा गरिएको उद्योगका सचालक आनन्द ओझाले बताउनु भयो । उहाँले कोरोनाको भयावह अवस्थामा कर्मचारीको कोरोना बीमा गर्दा कोरोना संक्रमण देखिएको अवस्थाामा परिवारमा आर्थिक समस्या नहोस भन्ने उद्धेश्यले बीमा गरिएको बताउनु भयो ।

यही बैशाख ७ गते बाट नेपालमा संचालीत बीमा कम्पनीहरुले कोरोना बीमालेख जारी गर्दै आएका छन् । कोरोना बीमा अन्तर्गत कोराना बीमालेख जारी भएको मिती देखी १५ दिन पछि पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखीएमा उक्त व्यत्तिलाई बीमालेखमा उल्लेख भए अनुसारको रकम प्रदान गर्ने गरी बीमा गरिएको छ ।

 
 
  
 

You may also like