निको भएका दुई जनामा पुन: कोरोना संक्रमण

काठमाडौं । निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुन: संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो ।

रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

 
 
  
 

You may also like