बहराइनमा थप ७७ नेपालीमा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या १२६ पुग्यो

काठमाडौं । बहराइनमा मंगलबार थप ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ ।यसअघि बहराइनमा ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै बहराइनले क्वारेण्टाइनमा परिणत गर्दै आएको छ । नेपाली दूतावासका अनुसार बहराइनमा करिव ३० हजार नेपाली श्रमिक कार्यरत छन् । बहराइनमा अहिलेसम्म २ हजार ८११ जना संक्रमित भएका छन् । त्यसमध्ये ८ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like