तीन दिन चट्याङ, असिना र हावाहुरीसहित वर्षा, सजग रहन आग्रह

काठमाडौं। बंगालको खाडी र अरब सागरबाट पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा भित्रिएका कारण नेपालमा हरेक दिन पानी पर्न थालेको छ ।

स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा नेपाली भू­भागमा भित्रिरहेकाले दिनहुँजसो वर्षा हुन थालेको जल तथा मौसमविदहरुले जानकारी दिएका छन् ।

भारतको उत्तर–पूर्वी भेगमा विकास भएको न्यून चापीय क्षेत्रले पूर्वी भेगमा बंगालको खाडीको वायु र पश्चिमतर्फ अरब सागर अनि मुलुकभित्रै विकास भइरहेको स्थानीय वायुको समिश्रणले प्रिमनसुन सक्रिय बनाएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च वायुमण्डलमा रहने न्यून चापिय क्षेत्रले जलवाष्पयुक्त हावालाई सहजै वायुमण्डलमा पुर्‍याएर पानी पार्ने प्रकृतिको बादल बनाउन सहयोग पुर्‍याउँछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु रस्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ । जसका कारण देशभर पूर्ण बदली रहि धेरैजसो स्थानहरुमा मनसुनी वर्षा भइरहेको छ ।

सोमबार देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।

मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी भू–भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तो समयमा सजग रहन मौसविदले सर्वसाधरणलाई आग्रह गरेका छन् ।

 
 
  
 

You may also like