कोरोना भाइरसको संक्रमणबाट २०६,९७३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९ सय ७३ पुगेको छ । संक्रमितको संख्या बढेर २९ लाख ९४ हजार ४ सय ३६ पुगेको छ ।

त्यसमध्ये ८ लाख ७८ हजार ७ सय ७ जना उपचारपछि घर फर्किएका छन् । अहिले उपचार गराइरहेका १८ लाख ९३ हजार २ स्य ४६ जनामध्ये ५७ हजार ५ सय ५२ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घन्टामा अमेरिकामा ६ सय ८५, स्पेनमा २ सय ८८, इटलीमा २ सय ६०, फ्रान्समा २ सय ४२, बेलायतमा ४ सय १३ र बेल्जियममा १ सय ७७ जनाको ज्यान गएको छ ।

 
 
  
 

You may also like