झापाका एक जनामा कोरोना संक्रमण पुष्टि

धरान। झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमक बस्ने ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

 
 
  
 

You may also like