भोजपुरमा पनि कोरोना संक्रमित भेटिए , कोरोना संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं । भोजपुरमा पनि कोराना भाइरस (कोभिड-१९) का एक संक्रमित भेटिएका छन् । हदुवागढीका २६ वर्षीय पुरुषमा भेटिएकाे हाे । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति साउदीबाट फागुन ३० गते नेपाल फर्किएको थियो । कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।

 
 
  
 

You may also like