मध्यरातमा राजपा र समाजवादीबीच एकीकरण, पार्टीको नाम ‘जनता समाजवादी’

by समतल अनलाइन
252Shares

काठमाडौं ।राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ ।

एकताको सहमतिपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख छ। त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुने छ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातार हरियो रंगको बिचमा तारा हुने छ। साथै, एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुने छ।

Comments

You may also like