लकडाउनले बनायो बाझा खेत बारी हरियाली

कपिलवस्तु  । विश्वभरी कोरोना भाईरसको सन्त्रास छ । कोरोना भाईरस नियन्त्रण र रोकथामका लागी नेपालमा गत चैत्त ११ गतेबाट लकडाउन घोषणा गरियो । एसईई रोकियो ,लकडाउन पश्यात व्यापार ,व्यवसाय , रोजगारीका बाटो सबै बन्द जस्तै भए । मास्क,सेनिटाईजरको माग बढ्यो , कालोबजारी सुरु भयो ।

रोजगारी , पढाईको शिलशिलामा जिल्ला बाहिर रहेकाहरु पनि गाउँघर फर्किए । सधैजसो काम ,पढाईमा व्यस्त हुने बालवालीका ,युवा ,वृद्धवृद्धा बेकामे जस्तै भए । लकडाउनकै कारण सहरबाट फर्किएका कहियौ युवा गाउँका बाझा खेत बारी खन्न,जोत्न थाले ,महिलालाई भने भान्सामा नयाँ परिकार बनाउँन फुर्सद मिल्यो । यसै क्रममा होटल व्यवसाय गर्नुभएका कपिलवस्तु वाणबगंगा नगरपालीका ४ नं. का रविन्द्र पौडेललाई लकडाउनले ताजा तरकारीको स्वादमा झुमाएको छ ।

 

होटल व्यवसाय सघंको महासचिव समेत रहनुभएका पौडेल विभिन्न सामाजिक संस्थामा आवद्ध हुनुहुन्छ । कामको शिलशिला र दौडधुपले करेसा बारीमा गएर खनखोरस गर्ने समय मिलेको थिएन पौडेलले भन्नुभयो । लकडाउनको पहिलो दिनबाट उहाँलाई प्रशस्त फुर्सद मिल्यो । बाझो रहेको बारी खनेर लौका ,करेला ,साग ,धनिया ,खुर्सानी ,टमाटर रोप्नु भयो । अहिले विहान साझको समय बारी मै विताउने गरेको उहाँको भनाई छ । बारीमा लौका ,करेला ,साग ,धनिया ,खुर्सानी ,टमाटर लटरम्म फलेका छन् ।

 

त्यस्तै बुद्धभुमि नगरपालीका वडा नं. ३ का पारस मरासिनी रोजगारीको शिलशिलामा बुटवल बस्नुहुन्थ्यो । महिनामा एकदुई दिन मात्रै घर बस्ने मरासिनीलाई लकडाउनले महिनौ घर बस्ने अवसर दियो । लकडाउनको दोस्रो दिनबाट खेतमा मकै छर्ने ,खन्ने काममा व्यस्त हुन थाल्नुभयो । मरासिनीले भन्नुभयो मैले लकडाउनलाई नयाँ सिकाईको अवसरको रुपमा लिएको छु । उता वाणगंगा नगरपालीका भलवाडका सुभद्र पोख्रेललाई पनी लकडाउनलाई सिक्ने र सिकाउने अवसरको रुपमा लिएको बताउनुहुन्छ । उहाँ विहान सवेरैबाट परिवारका अन्य सदस्य सहित योगा गर्नुहुन्छ , परिवारका सदस्यलाई सिकाउनुहुन्छ । बुद्धभुमि कि बिना भुषालको अधिकाशं समय भान्सामै बित्ने गरेको छ । लकडाउनको समयमा पानीपुरी , मम ,समोसा लगायतका परिकार बनाउन सिकेको भुषालको भनाई छ ।

 

यता वाणगंगा नगरपालीका बन्डौलीका अर्का युवा राममनी पौडेलको बारीमा लटरम्म फलेका लौका ,फर्सि ,काक्रा घरैबाट बिक्रि हुन थालेका छन् । पहिला सहकारी बजार , जिल्लाका विभिन्न स्थानमा विक्रिका लागी लैजानुहुन्थो तर लकडाउन पश्यात पसल ,बजारहरु बन्द हुनथालेपछि उपभोक्ताले घरमै आएर तरकारी लैजाने गरेको पौडेलको भनाई छ । बजारमा भन्दा सस्तो मुल्यमा बिक्रि वितरण गरेकोले उपभोक्ताको माग पनी बढेको उहाँको भनाई छ ।यो समाचार प्रेसपाटि अनलाइन बाट साभार गरिएको हो ।

 
 
  
 

You may also like