बर्दघाटका एक वृद्दमा आरडीटि गर्दा देखियो कोरोना पोजेटिभ

बुटवल।प्रदेश ५ मा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार भएको कोरोनाको द्रुत परिक्षण अर्थात आज र्यापिड टेस्ट गर्दा पश्चिम नवलपसीमा एक जना ७८ बर्षिय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

उनी बर्दघाटका रहेको नवलपरासी पृथ्वी चन्द्र अस्पत्तालका डाक्टर मोहम्मद नुरुलले जानकारी दिनुभयो । डाक्टर नुरुलले ती विरामीको स्वाब झिकेर रुपन्देहीको गहुँबाली केन्द्रमा निर्माण गरिएको कोरोना अस्पतालमा पठाइने बताउनु भयो ।

बर्दघाटमै उनको दुई पटक र्या्पिट टेष्ट गरिएको बताइएको छ । पिसिआर टेस्टपछि मात्र कोरोना संक्रमण हो या होइन भन्ने टुङ्गो लाग्नेछ

 
 
  
 

You may also like