” प्रधानमन्त्री ओलि बारे विद्यार्थी नेता ले गरे यस्तो टिप्पणी “

by समतल अनलाइन
Shares

सुमन अधिकारी
भाईरस तातो पानीले पखालेर जान्छ कि होलिवाइनले पखालेर जान्छ , साबुन पानीले पखालेर जान्छ कि तेजाब पानीले पखालेर जान्छ भन्ने कुरा विज्ञ डाक्टरहरुलाई थाहा छ उनिहरु नै भन्छन , नेपालमा एक से एक विज्ञ डाक्टरहरु छन ८ फेलहरु जान्ने हुनु जरुरी छैन बरु यो बताउ देश बाट भ्रष्टाचार कसरी जान्छ ? प्रधानमन्त्री निवास माफिया र तस्कर बाट मुक्त कसरी हुन्छ ? बोल्नुपर्ने विषयमा बोल्दैन – नबोल्नुपर्ने विषयमा बोल्छन नेपालका २ कौडिका नेताहरु !

केही समय अघि पाकिस्तानको प्रधानमन्त्री ईमरान खानले कोरोना महामारिको संकट बारे पत्रकार सम्मेलन आयोजना गरेका थिए, उनलाई पत्रकारहरुले स्वास्थ्य सम्बन्धी प्रश्नहरु राखे , इमरानले आडैमा रहेका बरिष्ठ डाक्टर सँग राय लिएर जवाफ दिए , कतिपय विषयको बारे तिनै डाक्टरलाई बोल्न लगाए। पत्रकारहरुले उनलाई बित्तिय संकटको बारे प्रश्न तेर्साए , ईमरानले आडैमा रहेका आफ्ना अर्थ मन्त्रीलाई यस बारे बोल्न लगाए। भारतिय प्रधानमन्त्री मोदिको शैली पनि यहि छ , कुनै पनि समझदार प्रधानमन्त्रीले गर्ने यहि हो !
तर : यहाँ ओलि जस्तो धतुरेहरु प्रधानमन्त्री हुन्छन : अनि आफैं न्यायाधीश बन्छन र भन्छन : रविन्द्र अधिकारी निर्दोश छन । आफै अख्तियार प्रमुख हुन्छन र भन्छन : चीन बाट झिकाइएको स्वास्थ्य सामाग्रीमा भ्रष्ट्राचार भएको छैन। अब अहिले महान डाक्टर बनेका छन र भन्दैछन : नेपालमा कोरोना फैलिंदैन । यिनै धतुरेहरु भाईरस सम्बन्धी विशेषज्ञता हासिल गरेका डाक्टर लाई कार्यवाही गर्छन जबकी यस्तो स्थितिमा गर्नुपर्ने उल्टो थियो ।
डा.सुन्दरमणी दिक्षित जस्तो खारिएका र अनुभवी डाक्टरलाई जेल कोच्ने योजना बनाउँछन, यिनले आँट गरेनन मात्र , समय मै डा.सुन्दरमणी दिक्षितको कुरा सुनेर त्यही अनुरुप कदम उठाएको भए स्थिती अलग हुन्थ्यो , तर डा.सुन्दरमणी दिक्षितले अनावश्यक भ्रम फैलाएको आरोप लगाएर झन्डै पक्राउ गरेनन।

ओलिको अलिकती पनि बुद्धि विवेक हुन्थ्यो भने यस्तो संकटको सामना गर्न डा.सुन्दरमणि दिक्षित जस्तो विज्ञ स्वास्थ्यविद लाई स्वास्थ्य मन्त्री बनाउन पर्थ्यो , दिग्गज चिकित्सकहरुको अधिकार सम्पन्न टिम बनाएर कोरोना बिरुद्ध जुध्ने रणनितिको जिम्मेवारी दिनुपर्थ्यो तर उनी दिंदैनन किन थाहा छ ?
डा.सुन्दरमणीहरु सँग कमिसनको कुरा मिल्दैन , योग्य व्यक्तिहरु क्षमता र प्रतिभामा विश्वास गर्छन कमिसन र ठगिमा होइन । त्यसैले ओलिहरुलाई गोकुल , भानुभक्त जस्ता कुपात्रहरु चाहिन्छ । चाहे देशका नागरिकहरु कोरोनाले सखाप होस तर ओलिहरुले कमिसन र भ्रष्ट्राचारमा तालमेल मिल्ने भानुभक्तहरुलाई च्याप्छन, सुन्दरमणी दिक्षित , गोविन्द केसि वा शेर बहादुर पुनहरुलाई लात हान्छन , मरे मरोस त्यो गोविन्दे भन्ने यिनै ओलि होइनन ?
यिनको तुच्छ स्वार्थको लागि , लोभी चित्त, संकुचित मानसिकता र बुद्धिहिनताको सिकार अब ३ करोड नागरिकहरु हुँदैछन । जो अगुवा उही बाटो हगुवा भन्ने उखान यिनै उखान प्रसादले चरितार्थ गर्दैछन ।

ओलिको उट्पट्याङ्ग र उडन्ते भाषणमा गलल्ल हाँस्दै ताली ठोक्ने हल्लुडेहरुले भाईरसको संक्रमण भयो भने डाक्टर कहाँ होइन यिनै ओलि कहाँ जाऊ है ! प्रधानमन्त्री ओलिको मृगौला प्रत्यारोपण पछि ओलि ले अलिकती तुर्काउनु भो ! अलिकती पाद्नु भो भन्ने समाचार आथ्यो क्यार ! ओलिको यहि द्रव्य र ग्याँस काम आउला कि हल्लुडेहरुलाई !

You may also like

This will close in 0 seconds