प्रधानमन्त्रीको निर्देशनपछि पैदलयात्रीलाई बस चढाएर पठाइयो गाउँ, खुसी भएर फर्किए पैदलयात्री

काठमाडौं ।थानकोटमा अलपत्र पैदलयात्रीलाई बस चढाएर गाउँ पठाइएको छ । प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीको निर्देशनपछि त्रिभुवन पार्कमा राखिएकालाई पैदल यात्रुहरुलाई बस चढाएर शनिबार साँझ आ–आफ्नो गृहजिल्लामा पठाएको हो ।

शनिबार साँझ करिब तीनसय बढीलाई गृहजिल्ला गाढी चढाएर पठाईएको प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार ती सर्बसाधरणहरु जाजरकोट, बैतडी, बाँके, बर्दिया, सल्यान, नेपालगञ्ज, बुटवल चितवन, पाल्पा, पूर्वमा महोत्तरी, सर्लाही, बारा, पर्सा, हेंटौडा लगायत हुन् ।

काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरूलाई शनिबार थानकोटमा रोकिएको थियो । करिब तीन सयको संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो ।

यसैगरी वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनका कारण बेखर्ची भएर काठमाण्डौंबाट हिँड्दै घरजाने क्रममा आज मकवानपुर आइपुगेका विभिन्न जिल्लाका पैदलयात्रीलाई आआफ्नो घरजाने व्यवस्था गरीदिएका छन् ।

उनले मकवानपुरको भीमफेदी आइपुगेका पैदलयात्रीलाई उनीहरुको गृहजिल्लासँगको समन्वयमा घर पठाउने व्यवस्था गरीदिएका हुन् अलपत्र परेका पैदलयात्रीलाई व्यवस्थापन गर्न तथा खाना खुवाउन दुम्की रक्स नामक एक संस्थाद्वारा तयार पारिएको शिविरमै पुगेर मुख्यमन्त्री पौडेलले पैदलयात्रीसँग कुराकानीसमेत गरे ।

काठमाण्डौंबाट पैदलयात्राका क्रममा भीमफेदी आइपुगेका यात्रुका लागि स्थानीय दम्की रक्स भीमफेदी नामक संस्थाले खाना खाने तथा बास बस्ने व्यवस्थासमेत गरेको स्थानीय पत्रकार सुरेन्द्र थिकेले जानकारी दिनुभयो ।

यसैबीच सर्लाही जाने पाँच जनाको टोलीलाई गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैयासम्म पठाउनुभएको थियो । पथलैयामा आफ्ना नागरिकलाई लिन सर्लाहीको हरीवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले गाडी पठाउनुभएको थियो । हरिवनका नगर प्रमुख प्रसाईलाई मुख्यमन्त्री पौडेलले टेलिफोन गरेर गाडी पठाउन भन्नुभएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि काठमाडौँमा खान समस्या पर्न थालेपछि घर हिँडेको मजदूरले बताएका छन् । घर जान उनीहरु बिहान ५ः०० बजे काठमाडौँबाट हिँडेर अपराह्न करीब ४ः०० बजे भिमफेदी आईपुगेका थिए । उनीहरुलाई गाउँपालिकाले दम्की रक्स क्लबको समन्वयमा खानाको व्यवस्था गरेको छ

 
 
  
 

You may also like