के हुदैछ नेपालको ‘कोरोना इपिसेन्टर’ उदयपुरको भुल्के क्षेत्रमा ?

काठमाडौं । एकैपटक १२ जनामा कोरोना पोजेटिभ देखिएपछि अहिले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रलाई नेपालको ‘कोरोना इपिसेन्टर’ को रुपमा हेरिएको छ । १२ जना संक्रमित भेटिएपछि यो क्षेत्रमा हिजो साँझदेखि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आवत–जावत पूर्ण रुपमा प्रतिबन्ध छ ।

यो क्षेत्रलाई बुधबार बिहानबाट यो क्षेत्रलाई सिल गरिएको त्रियुगा नगरपालिका, उदयपुरका मेयर बलदेव चौधरीले बताए । प्रदेश सरकारसँगको समन्वयमा भुल्के क्षेत्रका स्थानीयवासी करिब १५ सय बढीको आरडीटी गर्ने तयारी रहेको र सुरक्षा सतर्कता बढाएको चौधरीले बताए । उनले भने, ‘नगरवासीलाई घरबाहिर ननिस्कन भनेका छौँ ।’ भुल्के क्षेत्रका स्थानीय बासीका अनुसार बुधबार बिहानदेखि यो क्षेत्र सुनसान जस्तै बनेको छ । बाहिर बाग्लो सुरक्षाकर्मी खटिएका छन्, भने स्थानीयबासीहरु अत्याआश्वक काम बाहेक बुधबार बिहानबाट बाहिर निस्किेका छैनन् ।

त्रियुगा नगरपालिका वडा नं ३ का करिब ३ सय घर परिवारका सबै मानिसको परीक्षण गर्ने तयारी भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनका अनुसार बस्तीमा रहेका ६९ जनाको पिसिआर परीक्षणको लागि स्वाब पठाइएको छ ।

मस्जिदमा बस्दै आएका ११ भारतीय सहित १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । १२ मध्ये एक नेपाली हुन् । लकडाउन कै अवधिमा भुल्के मस्जिदमा आएर वसेका ३४, २९, २६, २८,२८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका पूरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुसँगै ४ नेपाली आएका थिए ।

कोरोना पोजेटिभ देखिएका १२ जनालाई कोरोना अस्पताल विराटनगर पठाइएको छ । १ भारतीय सहित ४ जनालाई प्रदेश सरकारले निर्माण गरेको टाडीस्थित क्वारेन्टाइनमा पठाइएको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए ।

उनीहरु गत फागुनमै उनीहरू भारतको दिल्लीबाट जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । त्यसयता मोरङ्ग, सुनसरी, सप्तरी हुँदै उनीहरू उदयपुर पुगेको थिए ।

 
 
  
 

You may also like