विपन्नलाई राहत दिदैं रास्ट्रिय संगीतकर्मी संघ

काठमाडौं । कलाकर्मीहरुको लोकप्रिय संगठन राष्ट्रिय संगीतकर्मी संघको राहत बितरण अभियान शनिवार बिसौ दिनपनि जारी रहेको छ ।बिपदमा परेका कलाकर्मी र बिपन्न बर्गमा राहत बितरण गर्दै आएको यश सस्थाले आज कोटेश्वर इमाडोल चाबहिल कपन खरिबोट खन्ना गार्मेन्टमा समेत रहेका कलाकर्मीलाइ राहत बितरण गरेको हो।


बिपदको बेला समेत जोखिम मोलेर संघका पदाधिकारीहरु निर्न्तररुपले अभियानमा जुटेका कारण यस्को चौतर्फी रुपमा प्रसंशा भैरहेको छ। राज्यले सम्म सम्पुर्ण बिपन्न बर्गमा राहत पुर्याउन नसकेको अबस्थामा राष्ट्रिय संगीतकर्मी संघ एकलैले अहिलेसम्म ६०० भन्दा बढिमा राहत पुर्याइसकेको छ। गोदामबाट आफै बोरा बोकेर गाडी सम्म हाल्ने मात्र हैन अपांग दृस्टीबिहिन र अशक्तलाई दिएको रासन बोकेर कोठामै पुर्याउने काममा समेत बिना हिच्किचाहट देश कै चलेका ख्याती प्राप्त कलाकारहरु लागि परेका छ्न।

 

एक उदाराणिय कामको नमुना प्रस्तुत गरिरहेका छन।कतिपय लकडाउनको अबसरमा ओछ्यानमा पल्टेर अरुले गरेका कामको सक्तो बिरोध गरि महान दार्सनिक बन्न होडबाजी गरिरहेको बेलामा संघका पदादिकारी तथा सदस्यहरु बिहान बेलुका लकडाउन नभनी संक्रमणको जोखिम को रिस्क उठाइ अनबरत अविरल र अबिछिन्न लागिरनाले सस्थाको उचाइ त माथी पुर्याएको छ नै निर्न्तररुपामा खटिरहने पदाधिकारीहरुको कामले नि सबैको मन जितेको छ भने आर्को तिर कलाकारहरु को समस्या गुनासो र बिपदमा परेकाहरुको नाम नम्बर र ठेगाना टिप्न पनि पदाधिकारीहरुलाई चटारो छ भने लक डाउनको कारण सबै परिचालन हुनसक्ने अवस्था नभएपनि केन्द्र प्रदेश र जिल्लामा रहेका सबैको साथ सहयोग र समर्थन रहेको छ।

 

 
 
  
 

You may also like