सुस्त मनस्थितिकी १० वर्षीया बालिका बलात्कृत, भागेका वृद्ध यसरी समातिए

रौतहट । रौतहटमा एक १० वर्षीया सुस्त मनस्थिति भएकी बालिका बलात्कृत भएकी छन् ।फतुवा बिजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाकी ती बालिकामाथि बिहीबार राति सोही वडाको ५५ वर्षको वारिस अन्सारीले बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाकी आमाले अन्सारीलाई घटनास्थलमै देखेपछि उनी त्यहाँबाट भाग्न सफल भएका थिए ।

घटनापछि शुक्रबार पीडकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनियाका प्रहरी निरिक्षक चन्द्र किशोर साहले जानकारी दिएका छन् । लकडाउनको बेला भएको रौतहटमा यो तेस्रो बालिका बलात्कार भएको घटना हो ।

 

 
 
  
 

You may also like