उदयपुरमा भेटिएका १२ कोरोना संक्रमित भारतीयको प्रादेशिक अस्पतालमा उपचार शुरु

विराटनगर । उदययपुरमा एकैपल्ट कोरोना भाइरस संक्रमण पुष्टि भएका १२ भारतीयको विराटनगरस्थित प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ ।

उनीहरुलाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको प्रदेश–१ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी गराएका छन् ।

मन्त्री कार्कीले ट्वीट गरेका छन्, ‘हिजो १२ जना कोभिड–१९ पोजिटिभ भेटिएका व्यक्तिलाई हिजो उदयपुरबाट विराटनगर ल्याई उपचार शुरु भएको छ । नेपालमा अस्तीसम्म १६ जना, हिजो उदयपुरमा १२ जना, चितवनमा दुई जना गरी हिजोसम्मको परीक्षणबाट ३० जना संक्रमित भएको पुष्टि भएको छ ।’

 
 
  
 

You may also like