ग्याँस, आलु र प्याज आयात दोब्बर

भैरहवा। भैरहवा भन्सार कार्यालयबाट आलु, प्याज, ग्याँस बुलेटलगायत सामाग्री आयात दोब्बर भएको छ । अतिआवश्यक सामाग्री नियमित रुपमा आयात भइरहेको छ । गत वर्ष यो अवधिमा भन्दा अहिले अतिआवश्यक वस्तु आयात बढेको छ । खाद्यान्न, तरकारी, फलफूल, तेलहन तथा खाने तेलको आयात गत वर्षको यो अवधिको भन्दा बढी छ ।

गत वर्ष २३ दिनको अवधिमा एक सय ७९ ग्याँस बुलेट आएकामा अहिले तीन सय ३६ पुगेको छ । त्यस्तै, एक सय ३९ ट्रक आलु र प्याज आयात भएकोमा अहिले दुई सय ९८ ट्रक आयात भए पनि डिजेल पेट्रोलको आयातमा भारी गिरावट आएको भैरहवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत कमलबहादुर भट्टराईले बताए । नागरिक दैनिकबाट

 
 
  
 

You may also like