संक्रमितसँगै यात्रा गरेका ९१ जना अझै सम्पर्क बाहिर

काठमाडौं । हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरु छन् ।संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ ।

अन्तर्राष्ट्रिय उडानबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरुले स्वदेश आउँदा अहिलेसम्म चार वटा विमान प्रयोग गरेको देखिएको छ । भने स्वदेश आएपछि गन्तव्यमा पुग्न दुई आन्तरिक विमान प्रयोग गरेको पाइएको छ ।

यसैगरी, संक्रमितमध्ये केहीले स्वदेश आएपछि समेत आन्तरिक उडानमार्फत यात्रा गरेको र उनीहरु सवार विमानको पहिचान गरेर प्रहरीले खोजी गरिरहेको छ । संक्रमितसँगै आएका १९ जनाको खोजी अहिले जारी छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like